Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

फुटको संघारमा लोसपा, एक पटक पनि कार्यकारिणी समिति बैठक बसेन

फुटको संघारमा लोसपा, एक पटक पनि कार्यकारिणी समिति बैठक बसेन

  • 1.2K
    SHARES
  • फुटको संघारमा लोसपा, एक पटक पनि कार्यकारिणी समिति बैठक बसेन

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको समबन्ध चिसिएकै कारण पार्टी गठन भएको ५ महिना भइसक्दा पनि कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन ।

    तत्कालीन जनता समाजवादी पार्टी,नेपाल (जसपा) बाट विभाजित भई यही ९ भदौमा लोसपा गठन भएको हो । पार्टी गठन भएदेखि नै कार्यकारिणी समितिको बैठक बस्न नसकेको हाे ।

    पार्टीका प्रदेश अध्यक्ष, सचिव, जिल्ला अध्यक्ष, पर्यवेक्षक चयनमा महन्थ ठाकुरले एकलौटी गरेको भन्दै वरिष्ठ नेता महतो अहिले उनीसँग टाढिएका छन् । महतो पार्टी कार्यालय जान छाडेको धेरै भइसक्यो ।

    वरिष्ठ नेतासँग सम्बन्ध चिसिएका कारण कार्यकारिणी बैठक बस्ने सम्भावना पनि टर्दै गएको छ । यस्तो बेला कार्यकारिणी बैठक राख्दा पार्टीमा विवाद बढ्ने आँकलन पनि गरिएको छ ।

    ठाकुर र महतोबीच दूरी बढ्यो, पार्टी कार्यालय पनि जाँदैनन् महतो ठाकुर र महतोबीच दूरी बढ्यो, पार्टी कार्यालय पनि जाँदैनन् महतो

    कार्यकारिणी समितिको बैठक बस्न नसक्दा राजनीतिक समिति र केन्द्रीय समितिसहित भातृ र शुभेच्छुक संस्थाहरू गठन पनि हुन सकेको छैनन् ।

    एक पटक पनि कार्यकारिणी समिति बैठक नबस्दै दुई जनाले पार्टी छाडेका छन् । ३१ सदस्सीय कार्यकारिणी समितिमा रहेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन् भने अर्का सदस्य तथा प्रतिनिधिसभाका निलम्बित सांसद रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नामवाट नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij