Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नेपाली फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह

नेपाली फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह

  • चैत्र २२, २०७७ आइतवार १४:३५ बजे
  • 852
    SHARES
  • नेपाली फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह

    काठमाडौं । नेपाली फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई तत्काल लागू हुने गरी राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।

    एन्फाका अनुसार अब्दुल्लाहलाई एक वर्षका लागि नियुक्त गरिएको छ ।

    आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसीपमा अब्दुल्लाहले नेपाली टिम सम्हाल्ने छन् ।

    यसअघि नेपालकै बालगोपाल महर्जन प्रशिक्षकको भूमिका थिए र उनले नेपाललाई थ्री नेसन्स कप दिलाएका थिए ।

    एन्फाले आजै पत्रकारसम्मेलन मार्फत अब्दुल्लाहको नियुक्तीबारे औपचारिक जानकारी गराउने भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij