Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

प्रदूषण कम भएपछि आजदेखि विद्यालय सञ्चालन हुँदै

प्रदूषण कम भएपछि आजदेखि विद्यालय सञ्चालन हुँदै

  • चैत्र २२, २०७७ आइतवार ०९:०५ बजे
  • 803
    SHARES
  • प्रदूषण कम भएपछि आजदेखि विद्यालय सञ्चालन हुँदै

    काठमाडौं । वायुप्रदूषण कम भएपछि आजदेखि सबै विद्यालय सञ्चालन हुँदैछन् ।

    वायुप्रदूषण बढेपछि सरकारले यही चैत १७ गतेदेखि देशैभरिका विद्यालय चार दिनसम्म बन्द गराएको थियो ।

    वायु प्रदूषणले विद्यार्थीमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न निर्देशन दिएको थियो ।

    सरकारले विद्यालय बन्द गर्ने निर्णय गरे पनि उपत्यका बाहिरका कतिपय जिल्लामा भने विद्यालय नियमित सञ्चालन भएका थिए ।

    सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भोलिपल्टै काठमाडौं उपत्यकासहित देशभरका केही स्थानमा वर्षा भएको तथा कतिपय ठाउँको डढेलो नियन्त्रणमा आएपछि प्रदूषण कम भएको वातावरण विभागले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # विद्यालय सञ्चालन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij