Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि स्थानीयद्वारा आक्रमण

गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि स्थानीयद्वारा आक्रमण

  • फाल्गुण ९, २०७७ आइतवार १४:१३ बजे
  • 742
    SHARES
  • गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि स्थानीयद्वारा आक्रमण

    हेटौंडा । मकवानपुरमा शनिबार साँझ ५ बजे राक्सिराङ गाउँपालिका १ स्थित गाल्छाराङस्थित बारीमा लुकाइ राखेको १८ क्विन्टल गाँजा जलाएर नष्ट गरी कार्यालय फर्किँदै गर्दा प्रहरी टोलीमाथि  स्थानीयले आक्रमण गरेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीमाथि आक्रमण भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार कुपिनटारस्थित सडकमा स्थानीयहरूले अवरोध गरेका थिए । प्रहरी तथा उनीहरुको सवारीमाथि आक्रमण भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाइ फायरसमेत गरेको थियो ।

    सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले स्थितिलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको काम कारबाहीमा अवरोध पुर्याएको आरोपमा प्रहरीले राक्सिराङ गाउँपालिका–१ ४३ वर्षीय कान्छालाल रूम्बालाई पक्राउ गरेको छ । 

    प्रहरीले गाँजा फेला परेको विषयमा अनुसन्धान गरिरहेको छ । 

     

  • सम्बन्धित विषय:

  • # गाँजा
  • # मकवानपुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij