वेबटिभी खबर
एजेन्सी । भारतमा कोरोना संक्रमणको गति तीव्र बनिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख ५९ हजार ६३२ कोरोना संक्रमित थपिएका छन् । यो संख्या शनिबारको तुलनामा १३ प्रतिशत बढी भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा अहिले सक्रिय संक्रमितको संख्या ५ लाख ९० हजार ६११ पुगिसकेको छ । जसमध्ये सबैभन्दा धेरै संक्रमित महाराष्ट्र र पश्चिम बंगालमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
महाराष्ट्रमा मात्रै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या एक हजार भन्दा बढी रहेको छ । भारतभर आमिक्रोन संक्रमितको संख्या ३ हजार ६२३ पुगिसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij