Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बागमतीमा डोरमणि सक्रिय, प्रदेशसभाको बैठक चैत २४ गतेका लागि बोलाइयो

बागमतीमा डोरमणि सक्रिय, प्रदेशसभाको बैठक चैत २४ गतेका लागि बोलाइयो

  • चैत्र २०, २०७७ शुक्रवार २१:१५ बजे
  • 672
    SHARES
  • बागमतीमा डोरमणि सक्रिय, प्रदेशसभाको बैठक चैत २४ गतेका लागि बोलाइयो

    काठमाडौं । बागमती प्रदेशसभाको बैठक चैत २४ गतेका लागि बोलाइएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक बोलाएका हुन् ।

    मुख्यमन्त्री पौडेलविरुद्ध तत्कालीन नेकपाका कायकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल समूहले अविश्वास प्रस्ताव पेश गरेपछि प्रदेशसभा बैठक अनिश्चित बनेको थियो ।

    २३ फागुनमा सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएसँगै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव गर्ने सांसदहरु नै विभाजित बन्न पुगे ।

    यसपछि एमाले संसदीय दलको निर्देशनमा एमाले सांसदहरुले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिइसकेका छन् ।

    मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल हुन पाएन । फागुन ५ गतेका लागि बोलाइएको प्रदेशसभा बैठक सुचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

    माधव नेपाल पक्षले देशभरि नै समानन्तर कमिटी निर्माण गर्ने बताए पनि बागमती प्रदेशका एमाले सांसदहरुले पार्टीलाई एकतावद्ध बनाउन जोड दिइरहेको एमालेको स्थायी समिति सदस्यसमेत रहेकी शाक्यको भनाइ छ ।

    एमाले सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिएपछि मुख्यमन्त्री पाडेलको पद सुरक्षित भएको छ । मुख्यमन्त्रीको वैकल्पिक उम्मेद्वारमा अष्टलक्ष्मी रहेकी थिइन् । प्रदेशसभा बैठक बस्ने भएपछि उनले सो बैठकमा आफूपक्षका सबै सांसद सहभागी हुने प्रतिक्रिया दिएकी छिन् ।

  • सम्बन्धित विषय:

  • # बागमती प्रदेशसभा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij