Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

केही राजनीतिक दलले राजनीतिलाई पैसा कमाउने बाटो बनाए : अध्यक्ष लिङ्देन

केही राजनीतिक दलले राजनीतिलाई पैसा कमाउने बाटो बनाए : अध्यक्ष लिङ्देन

  • पौष २३, २०७८ शुक्रवार ०६:२८ बजे
  • 531
    SHARES
  • केही राजनीतिक दलले राजनीतिलाई पैसा कमाउने बाटो बनाए : अध्यक्ष लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कसैलाई राजा बनाउन र कुनै जात विशेषले मानेको धर्मलाई प्रवद्र्धन गर्न मात्र राजसंस्था र हिन्दूराष्ट्रको कुरा नगरेको बताएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सभामा उनले हिन्दूराष्ट्र कुनै जात विशेषले मान्ने धर्मको कुरा मात्र नभई नेपाली जनताको एकता र पहिचानसँग सम्बन्धित विषय रहेको बताए । उनले भने, 'यो विषय नेपालको गौरवसँग सम्वन्धित विषय हो र हामी सबै नेपालीलाई जोड्ने चीज हो ।'

    अध्यक्ष लिङदेनले केही पार्टी र राजनीतिक दलहरुले पैसा कमाउने सबभन्दा सजिलो बाटोका रुपमा राजनीतिलाई विकसित गरेको आरोप लगाए। उनले राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतन्त्र र जनताको सर्वोच्चता प्रति पूर्णरुपले प्रतिबद्ध रहेको उल्लेख गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij