Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

काजकिस्तानमा संकटकाल घोषणा

काजकिस्तानमा संकटकाल घोषणा

  • 818
    SHARES
  • काजकिस्तानमा संकटकाल घोषणा

    अल्माटी, काजकिस्तान/ काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रिपरिषद् विघटन भएको घोषणा गरेका छन् । मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले बुधबार मन्त्रिपरिषद् नै विघटन गरेका हुन् ।

    विद्युतको मूल्य बृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरू भइरहेका थिए । उनले देशको सबैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा संकटकाल लागु गरिएको घोषणा पनि गरेका छन् ।

    संकटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीहरूको बढी प्रभाव रहेको सहर मानिन्छ । हजारौ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

    प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्वीकृत गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेबारी सम्हाल्ने छन् ।

    आन्दोलन दवाउनका लागि सरकारले मंगलबार अल्मातीमा अश्रूग्याँस प्रहार गरेको थियो । सरकारले घोषणा गरेको संकटकाल यही जनवरी ५ देखि १९ सम्म कायम रहने भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij