Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मकवानपुरमा खोलाको छेउमा नवजात शिशुको शव फेला

मकवानपुरमा खोलाको छेउमा नवजात शिशुको शव फेला

  • चैत्र १९, २०७७ बिहिवार १६:४७ बजे
  • 648
    SHARES
  • मकवानपुरमा खोलाको छेउमा नवजात शिशुको शव फेला

    मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका–६ मा बिहीबार बिहान एक नवजात शिशुको शव फेला परेको छ । 

    थाहा नगरपालिका–६ सरस्वती बजारस्थित नासलथान खोलाको बगरको छेउमा शालनालसहित एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

    प्रहरीका अनुसार टाउकोपट्टिको भागमा टोकेको अवस्थामा नवजात शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो । शव परीक्षणका लागि हेटौंडा अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनास अधिकारी जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # मकवानपुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij