Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

चेल्सी रोकियो, म्यानचेस्टर सिटीलाई आठ अंकको अग्रता

चेल्सी रोकियो, म्यानचेस्टर सिटीलाई आठ अंकको अग्रता

  • पौष १५, २०७८ बिहिवार ०७:४९ बजे
  • 757
    SHARES
  • चेल्सी रोकियो, म्यानचेस्टर सिटीलाई आठ अंकको अग्रता

    काठमाडौं । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा आठ अंकको अग्रता बनाएको छ । बुधबार राति भ्रमणकारी टोली सिटीका लागि  फिल फोडेनले १६ मिनेटमा  निर्णायक गोल गरेपछि सिटीले १६ औं जित निकालेको हो । खेलको ८८ मिनेटमा सिटीका लेपोर्टले गोल गरेपनी भारले त्यसलाई मान्यता दिएन ।

    गय राति नै भएको खेलमा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।  रोमेलु लुकाकुले २८ मिनेटमा गोल गर्दै अग्रता बनाएपनी ब्राइटनका ड्यानी वेलब्याकले खेलको इन्जुरी समयमा गोल गर्दै हार टारे । 

    जितसँगै सिटीले २० खेलबाट ५० अंक बनाएको छ । दोस्रो स्थानको चेल्सीको समान खेलबाट ४२ अंक छ । एक खेल कम खेलेको लिभरपुल ४१ अंक सहित तेस्रो स्थानमा छ  ।

  • सम्बन्धित विषय:

  • # म्यानचेस्टर सिटी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij