एजेन्सी
काठमाडौं । खानाको स्वाद बढाउने गोलभेडा (टमाटर)को माग भान्सामा सर्वाधिक हुने गर्छ । दाल झान्नदेखि तरकारी, अचार बनाउन गोलभेडा रुचाइने गर्छ ।
गोलभेडाको बढ्दो मागकै कारण बेमौसमी खेतीसमेत हुन थालेको छ । तरकारी खेती गर्ने किसानले पनि गोलभेडाको माग बढेपछि यसको उत्पादन बढाएका छन् । १२ महिनै बजारमा पाइने गोलभेडा आफ्नो महत्वका कारण कहिल्यै सस्तो हुदैन् ।
गोलभेडामा पाइने एन्टीअक्सिडेन्ट, एन्टी इन्फ्लामेन्ट्री र एन्ट्री क्यान्सर गुणले रोगहरुबाट बचाउँछ । स्वादिलो भन्दैमा गोलभेडाको बढी सेवन गर्दा भने स्वास्थ्यमा असर गर्छ । अझ कतिपय रोग भएका मानिसले गोलभेडाको प्रयोग धेरै गर्न हुँदैन् ।
यी रोग भएकाले गोलभेडा धेरै खानु हुँदैन् ।
ग्यास्ट्रिक
गोलभेडामा एसिडको मात्रा धेरै हुन्छ । ग्यास्ट्रिक भएका मानिसले गोलभेडा बढी खाँदा एसिडले गर्दा थप समस्या हुनसक्छ । पाचन प्रणालीसँग सम्बन्धित समस्या भएका र ग्यास्ट्रोएसोफेजियल रिफ्लक्सबाट पीडित व्यक्तिले गोलभेडाको सेवन धेरै गर्न हुँदैन् ।
मिर्गौला रोग
मिर्गौला रोगीका लागि पनि गोलभेडाको बढी सेवन हानिकारक हुनसक्छ । मिर्गौलासम्बन्धी समस्या भएका मानिसलाई पोटासियमको बढी सेवनले क्षति पुर्याउँछ । गोलभेडामा पोटासियम धेरै हुन्छ । यसबाहेक गोलभेडामा अक्सालेट नामक एन्टिअक्सिडेन्ट पनि उच्च हुन्छ । यसले मिर्गौला समस्या निम्त्याउन सक्छ।
जोर्नी दुख्ने र सुन्निने
गोलभेडाको बढी सेवनले जोर्नी सुन्निने र दुख्ने समस्या हुन्छ । गोलभेडामा हुने सोलानिनले शरीर सुन्निने समस्या पनि बढाउँछ ।
एलर्जी
गोलभेडामा हिस्टामिन नामक कम्पाउन्ड हुने भएकाले बढी खाँदा छालामा दाग वा एलर्जी हुन सक्छ । यसले मुख, जिब्रो र घाँटीमा पनि संक्रमण हुन सक्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij