Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कांग्रेस प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी

कांग्रेस प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी

  • 746
    SHARES
  • कांग्रेस प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी

    काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ नेतृत्व चयनका लागि भएको निर्वाचनमा संस्थापन पक्षका कृष्ण यादव प्रदेश सभापतिमा विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी बिमलेन्द्र निधि र डा.शेखर कोइराला पक्षका साझा उम्मेदवार रामसरोज यादवलाई पराजित गरेका हुन् । 

    १४१ मतान्तरले कृष्ण यादव कांग्रेसको प्रदेश २ सभापति बनेका हुन्। यद्यपी, औपचारिक घोषणा भने हुन बाँकी नै छ । निर्वाचन समितिका अनुसार कूल १८८१ मत खस्दा यादवले ९ सय ९६ मत पाए भने रामसरोजले ८ सय ५५ मत पाए । ३० मत बदर भएको थियो ।

    बिहीबार राति सकिएको मतदानमा कुल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij