Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भारतमा दैनिक उकालो लाग्दै ओमिक्रोन संक्रमितको संख्या

भारतमा दैनिक उकालो लाग्दै ओमिक्रोन संक्रमितको संख्या

  • 485
    SHARES
  • भारतमा दैनिक उकालो लाग्दै ओमिक्रोन संक्रमितको संख्या

    नयाँ दिल्ली । भारतमा बितेका २० दिनयता ओमिक्रोन संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । आमिक्रोन संक्रमितको संख्यामा वृद्धि भएसँगै भारतीय सरकार अवस्थाअनुसार संक्रमण नियन्त्रणको लागि पहल गरिरहेको छ । 

    भारतका महाराष्टसहित १५ राज्यमा ओमिक्रोन संक्रमित पुष्टि भएको छ । हालसम्म यहाँ २३६ जनामा ओमिक्रोन पुष्टि भएको छ । जसमध्ये सबैभन्दा बढी ६५ जना महाराष्ट्रमा छन् भने ६४ जना संक्रमित दिल्लीमा रहेका छन् । 

    क्रिसमस र नयाँ वर्ष नजिकिँदै छ । चाडबाडमा चहलपहल बढी हुने भएकाले आमिक्रोन संक्रमितको संख्या बड्ने सम्भावना रहेको देखिन्छ ।  कुल २३६ जनामा ओमिक्रोन संक्रमितमध्ये १०४ जना संक्रमणमुक्त भइसकेका छन् ।

    269436488_337418474563576_171081018212526310_n.png

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij