वेबटिभी खबर
जनकपुर । विवादका कारण रोकिएको कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत बिहीबार नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । प्रदेश २ अधिवेशनमा पनि विवाद भएपछि बुधबार सुरु हुने भनिएको मतदान एक दिन सरेको हो । संस्थापन पक्षले कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने बिमलेन्द्र निधि र डा.शेखर कोइराला पक्षले कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको हो ।
कुल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । प्रदेश २ मा आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रकासहित दुई हजार मतदाता निर्वाचनमा सहभागी हुने निर्वाचन समितिले जनाएको छ । जनकपुरको गोपाल धर्मशालामा मतदान सुरु भएपछि निर्वाचन स्थल आसपासको अवस्था तस्बिरमा प्रस्तुत गरेका छौं ।











Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij