Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

निकेतियाको ह्याट्रिकमा आर्सनल सेमिफाइनलमा 

निकेतियाको ह्याट्रिकमा आर्सनल सेमिफाइनलमा 

  • पौष ७, २०७८ बुधवार ०८:५७ बजे
  • 498
    SHARES
  • निकेतियाको ह्याट्रिकमा आर्सनल सेमिफाइनलमा 

    काठमाडौं । एडी एडवार्ड एनकेटियाको ह्याट्रिकमा इंग्लिस क्लब आर्सनल इङ्लिस लिग कप (इएफएल) को सेमिफाइनलमा प्रवेश गरेको छ ।  मंललबार राति भएको खेलमा लिग वान टोली सन्डरल्याण्डविरुद्ध ५–१ को पराकिलो जित निकाल्दै आर्सनल अन्तिम २ माप्रवेश गरेको हो । 

    आर्सनलको जितमा एडिले खेलको १७, ४९ र ५८ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । निकोलास पेप र चार्ली पाटिनोले १–१ एक गोल गरे । सन्डरल्याण्डका लागि नाथनले सान्त्वना गोल गरे । 

    सहज जितसँगै आर्सनल अन्तिम दुईमा प्रवेश गरेको छ ।अब फाइनल प्रवेशका लागि आर्सनलले ब्रेन्टफोर्ड र चेल्सीबीचको विजेतासँग खेल्नेछ । 

  • सम्बन्धित विषय:

  • # आर्सनल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij