Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

जग्गा विवादपछिको झडपमा परी १३ को मृत्यु

जग्गा विवादपछिको झडपमा परी १३ को मृत्यु

  • 532
    SHARES
  • जग्गा विवादपछिको झडपमा परी १३ को मृत्यु

    ग्वाटेमाला सिटी, रासस/एएनआई । ग्वाटेमालामा भएको झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

    जग्गासम्वन्धी विवाद चर्किँदै गएपछि झडप भएको र उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेमा महिला र बालबालिका समेत रहेका छन् । नाहौला नगरपालिकामा जग्गा र पानी सम्बन्धी विवाद भएको हो । 

    'घटनामा परी महिला र बालबालिका सहित कम्तीमा १३ जनाको दुःखद् निधन भएको छ,' स्थानीय एक प्रहरी अधिकारीले भने । उनीहरुका अनुसार घटनामा परेर सुरक्षाकर्मी तर्फका दुई जना घाइते पनि भएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij