Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

तरुण दल र नेविसंघ नेतृत्व विहिन 

तरुण दल र नेविसंघ नेतृत्व विहिन 

  • पौष ४, २०७८ आइतवार २०:१६ बजे
  • 792
    SHARES
  • तरुण दल र नेविसंघ नेतृत्व विहिन 

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल नेतृत्वविहीन भएका छन् । नेविसंघ र तरुण दल दुवैका केन्द्रीय अध्यक्ष पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएसँगै दुवै संस्था नेतृत्व विहिन बनेका हुन्।  कांग्रेस विधान को दफा ४२ को उपदफा १ को घ मा भ्रातृ संघको पदाधिकारी वा सदस्य पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भएमा भ्रातृ संघको पद रिक्त हुने व्यवस्था छ ।


    यो व्यवस्था अनुसार नेविसंघ अध्यक्ष राजीव ढुंगाना र तरुण दलका अध्यक्ष जितजंग बस्नेत स्वतः अध्यक्षबाट पदमुक्त भएका छन् । उनीहरु दुवै खुल्ला तर्फबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij