वेबटिभी खबर
काठमाडौं । सरकारले ४ पुस (आइतबार)बाट १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गर्दैछ ।
५७ वटा जिल्लाहरुमा आइतबारबाट बालबालिकालाई मोडर्ना खोपको पहिलो डोज लगाउने तयारी गरिएको छ । बालबालिकाहरको लागि भनेर छुट्याइएको फाइजर र मोडर्ना खोपमध्ये मोडर्ना खोप ४ देखि सुरु गरेर १४ पुषसम्म लगाइनेछ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले ५७ वटा जिल्लामा लगाउने तय भएको मोडर्ना खोपको पहिलो डोज ४ देखि १४ पुससम्म चल्ने जानकारी दिए । पहिलो डोज लगाएकालाई दोस्रो डोज २ देखि १२ माघसम्म लगाइने उनले जनाए ।
विद्यालयहरुमा खोप केन्द्र तय गरेर बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन हुँदैछ ।
मोडर्ना खोपको पहिलो सञ्चालन हुने जिल्लाहरु
प्रदेश नं १
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर ( ११ जिल्ला)
प्रदेश नं २
सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा ( ५ जिल्ला)
बागमती प्रदेश
दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, रामेछाप, नुवाकोट र मकवानपुर ( ७ जिल्ला)
गण्डकी प्रदेश
गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङजा र पर्वत ( १०जिल्ला)
लुम्बिनी प्रदेश
रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया (जम्मा ९ जिल्ला)
कर्णाली प्रदेश
डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान (९ जिल्ला)
सुदूरपश्चिम प्रदेश
बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर (७ जिल्ला)
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij