वेबटिभी खबर
काठमाडाैं । नेपाली कांग्रेसको मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादवले अग्रता लिएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ९०० मत गणना हुँदा महेन्द्रले ५३० मत पाएका छन् । अर्का उम्मेदवार रामकृष्ण यादवले ३९१ मत पाएका छन् ।
त्यस्तै, रञ्जित कर्णले १०८ मत पाएका छन् । उनले महेन्द्रलाई समर्थन गरेका थिए ।
सभापति शेरबहादुर देउवा टिमबाट महेन्द्र र डा.शेखर कोइराला टिमबाट रामकृष्ण महामन्त्रीको उम्मेदवार बनेका हुन् ।
कांग्रेसका आठ वटा सहमहामन्त्रीमध्ये तीन वटाको बिहीबार मतगणना गरिएको थियो भने पाँच वटाको आज चलिरहेको छ ।
आज खस आर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रको क्लस्टरमा मतगणना भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij