Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कांग्रेसका नवनिर्वाचित महामन्त्रीद्वय थापा र शर्मालाई मिनेन्द्रले दिए बधाई

कांग्रेसका नवनिर्वाचित महामन्त्रीद्वय थापा र शर्मालाई मिनेन्द्रले दिए बधाई

  • 901
    SHARES
  • कांग्रेसका नवनिर्वाचित महामन्त्रीद्वय थापा र शर्मालाई मिनेन्द्रले दिए बधाई

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा विजयी गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीकै अर्का उम्मेदवार मिनेन्द्र रिजालले बधाई दिएका छन् ।

    आफू पराजित भए पनि उनले मतगणनाको अन्तिम परिणाम आएसँगै सार्वजनिक सञ्जालमार्फत सफल कार्यकालको शुभकामना दिएका हुन् । यसअघि उनले रक्षामन्त्रीबाट पनि राजीनामाको घोषाणा गरिसकेका छन् ।

    महाधिवेशनमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, डा. रामशरण महत, प्रदीप पौडेल र राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij