वेबटिभी खबर
काठमाडौं । रक्षामन्त्री डा.मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री पदबाट दिएकाे राजीनामा पत्र बुझाएका छन् । कांग्रेसको महामन्त्रीमा पराजित भएपछि उनले नैतिकताको आधारमा एउटै क्याविनेटमा बस्न नमिल्ने भन्दै राजीनामा दिने बताएका थिए ।
डा.रिजालले प्रधानमन्त्री देउवालाई बिहीबार सिंहदरबारमा राजीनामा पत्र बुझाएका हुन् । महामन्त्रीकाे मतगणनामा पाँचौं स्थानमा परेपछि डा.रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए । निर्वाचन समितिले महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएकाे घाेषणा गरेपछि उनले राजीनामा बुझाएका हुन् ।

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।
— Minendra Rijal (@MinendraRijal) December 16, 2021
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij