वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेस सभापतिमा दोस्रो पटक निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई दिएका छन् । बुधबार ट्विटरमार्फत सफल कार्यकालको शुभकामना दिँदै डा.भट्टराईले देउवाको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत हुने अपेक्षा व्यक्त गरेका छन् ।
प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन् भन्दै उनले लेखेका छन्, ‘उहाँको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस् । प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन् । अग्रगमनकारी शक्तिबीच एकता होस्सथप शुभेच्छा !’
प्रधानमन्त्री देउवा कांग्रेसको १४औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट पार्टी सभापतिमा पुन: निर्वाचित हुनुभएकोमा प्रम @SherBDeubaलाई हार्दिक वधाइ तथा सफल कार्यकालको शुभकामना! वहाॅको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्; प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्;अग्रगमनकारी शक्तिबीच एकता होस्;थप शुभेच्छा!
— Baburam Bhattarai (@brb1954) December 15, 2021
गोरखा समग्र नेपालकै सानो मोडेल हो : डा.बाबुराम भट्टराई [अन्तर्वार्ता]
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij