Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कांग्रेस महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ? 

कांग्रेस महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ? 

  • 662
    SHARES
  • कांग्रेस महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ? 

    काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गतको निर्वाचनमा साँझ ६ बजेसम्म दुई हजार ८०९ जनाले मतदान गरेका छन् । 

    साँझ ६ बजेसम्म दुई हजार ८०९ जनाले मतदान गरेका महाधिवेशन मिडिया सेन्टरका संयोजक डा.सुरेश आचार्यले जानकारी दिए । महाधिवेशनमा ४ हजार ७४३ मतदाता छन् । 

    कांग्रेको जारी १४औं महाधिवेशनमा कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदानका लागि राष्ट्रिय सभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ । कागजी मतदानमा एक जनालाई मत हाल्का लागि एक जनालाई आधा घण्टा भन्दा धेरै समय लागिरहेको जनाइएको छ ।

    विहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मतपत्र छपाइमा ढिलाइ भएको भन्दै मध्याह्न १२ बजेपछि मात्र मतदान सुरु भएको थियो । राति ९ बजेसम्म मतदान हुने र आजै मतगणना सुरु हुने जनाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij