Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

इन्डोनेसियाको चर्चबाहिर आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते

इन्डोनेसियाको चर्चबाहिर आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते

  • चैत्र १५, २०७७ आइतवार १४:५१ बजे
  • 999
    SHARES
  • इन्डोनेसियाको चर्चबाहिर आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते

    जकार्ता । पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक इसाई गिर्जाघरमा आत्मघाती आक्रमण भएको प्रहरीले जनाएको छ । 

    इन्डोनेसिया प्रहरीले दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान गराएको आत्मघाती बम आक्रमणमा परेर कम्तीमा १४ जना घाइते भएका बताएको छ । विस्फोट भएको स्थानमा मानिसको शरीरका टुक्राहरु पनि भेटिएकाले केहीको मृत्यु हुन सक्ने अनुमान पनि प्रहरीले गरेको छ । 

    राजधानी जकार्तामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता आर्गो युओनोले उक्त घटनामा संलग्नहरुको खोजी गर्न प्रहरीले व्यापक अनुसन्धान थालेको जानकारी दिए । उक्त बम आक्रमण सुलावेसी राज्यको मकासारस्थित एक गिर्जाघर बाहिर स्थानीय समय अनुसार आइतबार बिहान १०.३० बजे भएको थियो ।

    मोटरसाइकलमा आएका दुई व्यक्ति गिर्जाघरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए, तर गिर्जाघरका सुरक्षा गार्डले उनीहरुलाई ढोका बाहिरै रोकेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij