Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

महिला लघुवित्तको सेयर मूल्य समायोजन

महिला लघुवित्तको सेयर मूल्य समायोजन

  • 542
    SHARES
  • महिला लघुवित्तको सेयर मूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन गरेको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३६ सय ५८ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ । 

    लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले यस दिन लघुवित्तको ४७ दशमलव ५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । 

    बिहीबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा लघुवित्तको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता पाँच हजार ३९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । 

    लघुवित्तले ५० प्रतिशत लाभांश वितरण गर्न २२ मंसिरमा चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij