Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अछामको विकासका लागि प्रतिबद्ध छुः मुख्यमन्त्री भट्ट

अछामको विकासका लागि प्रतिबद्ध छुः मुख्यमन्त्री भट्ट

  • मंसिर १५, २०७८ बुधवार २२:०० बजे
  • 481
    SHARES
  • अछामको विकासका लागि प्रतिबद्ध छुः मुख्यमन्त्री भट्ट

    अछाम । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले अछामको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेल्लेख गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्न अछाम पुगेका भट्टले अछाम जिल्लाको विकास निर्माण कार्यलाई प्रमुख प्राथमिकता दिएको बताए ।

    यस्तै उनले साँफेबगरदेखि मेल्लेख जोड्ने सडकलाई अघि बढाउने आश्वासन दिएका छन् । अछामका अधुरा विकास विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने उनले बताए ।

    अर्को प्रसंगमा बोल्दै देशलाई समग्र रूपमा परिवर्तन गर्न चाहने, यसको श्रेय माओवादी केन्द्रले गरेको, दश बर्से जनयुद्धलाई जाने र आफ्नो घरको नजिक जनताले सरकार पाएको, यो देन नेकपा माओवादी केन्द्रको रहेको बताएका छन् ।

    क्रान्तिकारी विचार सुदृढ सङ्गठित र समृद्ध समाजको महाअभियान, समाजवादी क्रान्तिका लागि माओवादी केन्द्रको मेल्लेख गाउँपालिका अधिवेशन भन्ने मूल नाराका साथ प्रथम अधिवेशन सम्पन्न भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij