Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नेपालमा इन्टरनेट सेवा सर्वसुलभ बनाउन प्रतिस्पर्धामा उत्रदै सिजी

नेपालमा इन्टरनेट सेवा सर्वसुलभ बनाउन प्रतिस्पर्धामा उत्रदै सिजी

  • 606
    SHARES
  • नेपालमा इन्टरनेट सेवा सर्वसुलभ बनाउन प्रतिस्पर्धामा उत्रदै सिजी

    काठमाडौं । नेपालमा मोबाइल टेलिफोन सेवा प्रतिस्पर्धी नहुदा उपभोक्ताहरू चर्को मूल्य तिर्न बाध्य भएका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको अध्ययनले उपभोक्तालाई प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय मोबाइल सेवा र इन्टरनेट उपलब्ध गराउन देशमा तेस्रो सशक्त टेलिकम कम्पनी आवस्यक रहेको देखिए पनि हालसम्म यस्तो कम्पनी स्थापना हुन सकेको छैन ।

     विश्वमा मोबाइल टेलिफोन सेवा र इन्टरनेट अहिले अति आवस्यक वस्तुमा परिणत भइसकेको छ । तर, नेपालमा भने अझै पनि महंगो शुल्क र डाटाका कारण आम नेपालीका लागि यो सेवा सहज बन्न सकिरहेको छैन । देशभर सस्तो मूल्यमा इन्टरनेट उपलब्ध गराउँदा सर्वसाधारण नागरिकको जीवनमा आउने सकारात्मक परिवर्तनका बारेमा पर्याप्त छलफल समेत हुने गरेको छैन ।

    सूचना प्रविधिको विकासमा महत्त्वपूर्ण फड्को मार्न सकिने अवसरलाई पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले राजनीतिक पूर्वाग्रहका कारण लत्याइदिएपछि नेपाल यस क्षेत्रमा पछाडि परेको हो ।

    डिजिटल नेपाल निर्माण गर्ने नारा दिएको उक्त सरकारले व्यवहारमा भने नेपालमा टेलिकम क्षेत्रमा नयाँ प्रविधि र सेवालाई अवरूद्ध गरेर पुराना टेलिकम कम्पनीहरूको प्रतिस्पर्धाविहीन व्यापारलाई संरक्षण गरेको थियो । विगत तीन वर्षमा विश्वमा सूचना प्रविधिले नयाँ फड्को मार्दा समेत नेपालमा भने परम्परागत सेवा लिन उपभोक्ता विवश छन् । 

    टेलिकम कम्पनी स्थापना गर्न ठूलो लगानी आवस्यक पर्छ । नेपालमा हालसम्म सरकारी कम्पनीका रूपमा नेपाल टेलिकम र विदेशी लगानीका रूपमा एनसेलले सेवा दिइरहेका छन् । तर, निजी क्षेत्रबाट प्रभावकारी टेलिकम कम्पनी आउन सकेको छैन ।

    प्रतिस्पर्धाविहीन अवस्थाबाट गुज्रिरहेको टेलिकम सेवामा चौधरी ग्रुपले प्रवेश गर्ने तयारी गरेपछि आम उपभोक्ता सिजि टेलिकमको व्यग्र प्रतिक्षा गरेका थिए । तर,राजनीतिक पूर्वाग्रहका कारण उक्त ग्रुपलाई  टेलिकम सेवामा आउन अवरोध गरिएको थियो । सिजीले तीन वर्षअघि टेलिकम सेवालाई अत्यन्तै प्रतिस्पर्धी बनाएर उपभोक्तालाई सस्तो मूल्यमा भ्वाइस र डाटा दिने योजना सार्वजनिक गरेको थियो । तर, सिजीको यस योजनालाई पूर्वसरकारले गैरकानुनी रूपमा अवरोध गरेको थियो ।

    नेपालमा अत्याधुनिक मोबाइल सेवाका लागि सम्पूर्ण प्रक्रिया एवम् पूर्व तयारीहरू पुरा गरि सिजीले नेपाल दूर सञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयलाई लाईसेन्स प्रदान गर्न कानुुनी प्रकृयामा रहि निवेदन दिएको थियो । तर, तत्कालीन सरकारको राजनीतिक पूर्वाग्रहका कारण सिजीको लाईसेन्स अवरुद्ध गरिदै आएको थियो । मोवाईल सेवा सञ्चालनका लागि आवस्यक रकमसमेत सिजीले प्राधिकरणलाई भुक्तानी गरिसकेको छ । 

    डिजिटल नेपाल निर्माण गर्ने योजनालाई मूर्तरूप दिन सिजी टेलिकम महत्त्वपूर्ण माध्यम सावित हुने देखिएको छ । ई-कमर्स, डिजिटल एजुकेसन, टेलि मेडिसिन जस्ता सेवाहरू देशब्यापी सहज रूपमा उपलब्ध गराउन सिजीले प्रदान गर्ने सस्तो डाटा वरदान सावित हुने देखिन्छ । सिजीले विश्वमा हाल उपलब्ध सबैभन्दा पछिल्लो पुस्ताको प्रविधिमा आधारित मोबाईल÷डिजिटल सेवा उपलब्ध गराउने जानकारी दिइसकेको छ ।

    नेपालको टेलिफोन र इन्टरनेट सेवा दक्षिण एसियामा अहिले पनि सर्वाधिक महंगोमध्येमा पर्छ । जसका कारण विद्यार्थी, किसान, दुर्गम क्षेत्रका बासिन्दा र मध्यम आय हुनेहरूले समेत आवश्यकताअनुसार डाटा चलाउन सकिरहेका छैनन् । उपभोक्तावादीहरूले मोबाइल टेलिफोन र इन्टरनेट सेवामा उपभोक्ताको अधिकार हनन भएकाले यसलाई सच्याएर आम नागरिकलाई जिम्मेवार सरकारको अनुभूति दिलाउन आग्रह गर्दै आएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij