काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन्। भट्टराईले मंगलबार साँझ ट्वीट गर्दै ओली सहित निर्वाचित सबैलाई बधाई दिएका हुन्।
‘नेकपा (एमाले) महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएका खड्गप्रसाद शर्मा ओली र उहाँको टिमलाई हार्दिक बधाई! विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना!,’उनले ट्वीटरमा लेखेका छन्। भीम रावलाई अध्याधिक मतले हराएर ओली एमाले अध्यक्षमा दोस्रो पटक विजयी भएका थिए।
नेकपा (एमाले) महाधिवेसनबाट अध्यक्ष निर्वाचित हुनुभएका खड्गप्रसाद शर्मा ओली र वहाॅको टिमलाई हार्दिक वधाइ! विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना!
— Baburam Bhattarai (@brb1954) November 30, 2021
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij