Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सरकारसँग वार्तामा बस्न विप्लव समूह तयार

सरकारसँग वार्तामा बस्न विप्लव समूह तयार

  • फाल्गुण ८, २०७७ शनिवार १६:३३ बजे
  • 1.1K
    SHARES
  • सरकारसँग वार्तामा बस्न विप्लव समूह तयार

    काठमाडौंं । प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन् ।

    शनिबार विज्ञप्ति जारी गर्दै चन्दले पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् ।

    चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’

    सरकारले चन्द समूहमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरको सभाबाट चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा घोषणा गर्ने सम्भावना रहेको बताइएको छ । 

    केही दिनअघि खानेपानी मन्त्री मणि थापाले चन्द समूहका नेता हेमन्तप्रकाश ओलीलाई नख्खु कारागार गएर भेटेका थिए । सरकारले २०७५ फागुन २८ मा नेकपा चन्द समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।

    chand-party-bigyapti-2022021112834-1000x0.jpg

     

  • सम्बन्धित विषय:

  • # नेत्रविक्रम चन्द

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij