Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

खनाल-नेपालपक्षीय केन्द्रीय कमिटी बैठक सुरु, संसदीय दलको बैठकमा जानेबारे छलफल हुँदै

खनाल-नेपालपक्षीय केन्द्रीय कमिटी बैठक सुरु, संसदीय दलको बैठकमा जानेबारे छलफल हुँदै

  • चैत्र १३, २०७७ शुक्रवार १२:५९ बजे
  • 691
    SHARES
  • खनाल-नेपालपक्षीय केन्द्रीय कमिटी बैठक सुरु, संसदीय दलको बैठकमा जानेबारे छलफल हुँदै

    काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरूको बैठक सुरु भएको छ ।  कलंकीस्थित मेगा पार्टी प्यालेसमा केहीबेरअघि बैठक सुरु भएको हो । 

    केन्द्रीय सदस्यहरूबीचको छलफलबाट एमालेको केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउन माग गर्ने विषयमा छलफल हुँदैछ । 

    यता प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज नै ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले संसदीय दलको बैठक बोलाएका छन् ।

    त्योभन्दा अघि बोलाइएको माधव पक्षधरको केन्द्रीय सदस्यहरूको बैठकले संसदीय दलको बैठकमा जानेबारे छलफल गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

     बुधबार साँझ माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको अलग्गै भेला भएको थियो । सो भेलाले बैठकमा जाने हो भने सबै नेतासहित जानुपर्ने निष्कर्ष निकालेको थियो ।

  • सम्बन्धित विषय:

  • # खनाल-नेपाल पक्ष

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij