काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा दुई हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।
यस अवधिमा ८५ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल कोरोना संक्रिय संक्रमितको संख्या एक हजार २ सय १७ रहेको छ ।
नेपालमा हालसम्म दुई लाख ७६ हजार ५ सय ०९ जनामा कोरोना पुष्टि भएको छ ।
त्यसैगरि दुई लाख ७२ हजार २ सय ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।
यसैगरी तीन हजार २० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij