Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमाले सचिव पदका लागि ११ आधारसहित महेश बस्नेतको उम्मेदवारी घोषणा

एमाले सचिव पदका लागि ११ आधारसहित महेश बस्नेतको उम्मेदवारी घोषणा

  • 749
    SHARES
  • एमाले सचिव पदका लागि ११ आधारसहित महेश बस्नेतको उम्मेदवारी घोषणा

    भक्तपुर । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता बस्नेत एमालेको १०औँ महाधिवेशनमा सचिवमा चुनाव लड्ने भएका हुन् । 

    मध्यपुर थिमिको सम्पर्क कार्यलयमा नेता बस्नेतले आफ्नो धारणा प्रस्तुत गरी उम्मेदवारी घोषणा गरेका हुन् । उनले एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्ति परिचालन गर्न उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । 

    नेता बस्नेतले सचिवमा आफ्ना ११ वटा आधार प्रस्तुत समेत गरेका छन् ।

    १, जनयुद्धका नाममा माओवादीले एमालेका तीन सय कार्यकर्ताको हत्या गरेको र पछि वाइसिएलका नाममा आतंक मच्चाएको बेला युथ फोर्स बनाएर देशैभरी युवा परिचालन गरेर कार्यकर्ताको संरक्षण गरेको ।

     २, माधव नेपालको असक्षम नेतृत्वले एमाले तेस्रो दलमा खुम्चिएका बेला देशैभरी युवा अभियान चलाएर एमाले कार्यकर्ताको मनोवल उकास्ने काम गरेको ।

    ३, माधव नेपाल र झलनाथ खनालको नेतृत्वले पार्टीलाई विघटनको दिशातिर लगेको बेला केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर एमालेलाई पहिलो पार्टी बनाउनु पर्छ भन्ने अभियानको नेतृत्व गरेको ।

    ४, पार्टी भित्र र बाहिर केपी ओलीलाई संस्थागत गुट बनाएर असफल बनाउन खोज्दा रक्षा कवचको रुपमा काम गरेको । सो गरे बापत अनेक झुट आरोप व्यहोरेर अपमानित हुनु परेको ।

    ५, संविधान निर्माणको चरणमा सुशील कोइराला प्रधानमन्त्री हुँदा १३ महिना उद्योग मन्त्तालय सम्हालेर जीर्ण उद्योग क्षेत्रमा नयाँ उत्साह ल्याएको ।

    ६, एमालेको संगठन कमजोर भएको भक्तपुर जिल्लामा २०७४ को संघीय निर्वाचनमा काँग्रेसलाई ३६ हजार मत ल्याएर दोब्बर मतले पराजित गरेको । पटकपटक मन्त्री बनाउने तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीको इच्छा कतिपय साथीहरुले पूरा गर्न नदिए पनि सदनभित्र सरकारको पक्षमा सशक्त भूमिका निर्वाह गरेको ।

    ७, भक्तपुरलाई विकास निर्माणको नमुना जिल्लाको रुपमा प्रस्तुत  गरेको ।

    ८, राजनीतिको सम्भावित परिदृष्यलाई बुझेर नेकपा कालमा ‘नेकपा एमाले’ नामको दल दर्ता गरेर एमाले ब्राण्ड बचाएको ।

    ९, पुस ५ पछाडि सत्ता र शक्तिभित्र रहेका नेताहरु मौन बसेका बेला देशैभर युवा परिचलान गरेर अध्यक्ष केपी शर्मा ओलीको कदम सही भएको माहोल सृजना गरेको ।

     १०, पार्टी हितका लागि अध्यक्ष केपी शर्मा ओलीको निर्देशन जस्तोसुकै जोखिम मोलेर पनि पूरा गरेको ।

    ११, मधेशमा पार्टी अध्यक्ष क केपी शर्मा ओली र एमालेलाई निशेध गर्ने दुसप्रचार गरिरहँदा मधेशका युवा समेटेर एमाले र केपी कमरेडको पक्षमा माहोल शृजना गर्न लागेको । हाम्रो पार्टीको सरकार मजबुत बनाउन मधेसवादी दलसँगको संबाद र सहकार्यमा प्रभाबकारी भूमिका खेलेको । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij