वेबटिभी खबर
सर्लाही । नेकपा एमालेले १० औँ महाविधेशनका लागि सर्लाहीमा कसैसँग चन्दा नउठाउने निर्णय गरेको छ ।
पार्टीले कार्यकर्तासँग लेवि उठाएर महाधिवेशन गर्ने निर्णय गरेकाले बिहीबार बसेको बैठकले कसैसँग चन्दा नलिने निर्णय गरेको हो ।
एमाले केन्द्रीय जनपरिचालन कमिटीका सदस्य रेवती पन्तले चन्दा रसिद लिएर कसैसँग पनि सहयोग नलिइने बताए ।
‘पार्टी निर्णयअनुसार नेता, कार्यकर्ताको सहयोगबाहेक चन्दा कसैसँग पनि नलिने निर्णय भएको छ,’ पन्तले भने, ‘एमालेले अधिवेशनका लागि चन्दा उठाउँदैन ।’
जिल्ला, प्रदेश र केन्द्रीय जनपरिचालन कमिटीको हरिपुरमा बसेको बैठकले यो निर्णय गरेको हो । बैठका जिल्ला कमिटीका पदािधकारीलगायत सहभागी थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij