Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बालुवाटारको ललिता निवास जग्गामा संरचना नबनाउन मन्त्रीको निर्देशन

बालुवाटारको ललिता निवास जग्गामा संरचना नबनाउन मन्त्रीको निर्देशन

  • चैत्र ११, २०७७ बुधवार २१:१३ बजे
  • 745
    SHARES
  • बालुवाटारको ललिता निवास जग्गामा संरचना नबनाउन मन्त्रीको निर्देशन

    काठमाडौं । अतिक्रमणमा परेको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गामा कुनै भौतिक संरचना नबनाउन र बनाइरहेको भए रोक्न भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले निर्देशन दिएको छ ।

    अतिक्रमित सरकारी जग्गामा घर टहरा निर्माण गर्ने काम नरोकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले असन्तुष्टि जनाएकी छन् ।

    उनले मन्त्रिस्तरको निर्णयबाट घर टहरा लगायत उक्त जग्गाको भोगचलन रोक्न निर्देशन दिएकी हुन् ।

    मन्त्रालयले बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानूनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न भनेको छ ।

    सरकारी जग्गा अतिक्रमण भएको ठहर सहित अख्तियारले विशेष अदालतमा मुद्धा दर्ता गरिसकेको अवस्थामा नक्सापास र संरचना निर्माण रोक्न मन्त्रालयले पत्राचार गरेको हो ।

    मन्त्रालयले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले त्यसको अन्तिम टुंगो नलाग्दासम्म रोक्न निर्देशन दिएको जनाएको छ ।

    ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख अभियुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij