Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पोर्चुगललाई हराउँदै सर्बिया फिफा विश्वकपमा छनोट

पोर्चुगललाई हराउँदै सर्बिया फिफा विश्वकपमा छनोट

  • कार्तिक २९, २०७८ सोमवार ०७:४५ बजे
  • 496
    SHARES
  • पोर्चुगललाई हराउँदै सर्बिया फिफा विश्वकपमा छनोट

    काठमाडौं ।  पोर्चुगललाई पराजित गर्दै सर्बिया सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का गरेको छ । आइतबार कतार विश्वकप अन्तर्गत युरोपियन छनोटमा पोर्चुगललाई २–१ गोलले हराउँदै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको हो ।

    पोर्चुगलको घरेलु मैदानमा भएको खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजको गोलबाट अग्रता लिएको थियो । उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए । तर, त्यो अग्रतालाई पोर्चुगलले अन्तिम समयसम्म जोगाउन सकेन । ३३औं मिनेटमा डुसान टाडिकले सासा लुकिकको पासमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । घरेलु टोली पोर्चुगलले सर्वियासँग बल पोसेसन समेत गुमाएको थियो ।

    खेलको अन्त्यतिर ९०औं मिनेटमा एलेक्सान्डर मित्रोभिक गोल गर्दै सर्वियाको जित पक्का गर्दा पोर्चुगल घरमै स्तब्ध बन्न पुग्यो । टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलमा गतिलो प्रदर्शन गर्न सकेनन् ।
     
    जितसँगै समूह ‘ए’को सर्बियाले ८ खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा रहदै विश्वकपमा छनोट भएको हो । पोर्चुगल १७ अंक जोडेर समूहको दोस्रो स्थानमा छ ।पोर्चुगललाई विश्वकपमा सोझै छनोट हुन बराबरीको नतिजा पर्याप्त हुने भएपनि हार बेहोर्न पुग्दा विश्वकपमा छनोट हुन असमर्थ बन्यो । अब पोर्चुगलले प्ले अफको बाटोबाट विश्वकप छनोटका लागि खेल्नेछ । प्ले अफका खेलहरु मार्चमा हुनेछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij