Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

रूपैठा घटना : वार्ताबाट विवाद समाधान गर्न महताेकाे सुझाव

रूपैठा घटना : वार्ताबाट विवाद समाधान गर्न महताेकाे सुझाव

  • 783
    SHARES
  • रूपैठा घटना :  वार्ताबाट विवाद समाधान गर्न महताेकाे सुझाव

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले छठ पर्वको विषयमा जनकपुरमा भएको विवाद वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् ।

    जनकपुर उपमहानगरपालिका-२० देवपुरा रुपैठामा छठ पर्वको विषयमा दुई समुदायबीच विवाद भएको छ । त्यसले समाजिक सद्भाव खल्वल्याउने भन्दै महतोले चिन्ता प्रकट गरेका छन् ।

    स्थानीय एक पोखरीमा छठको घाट बनाउने विषयमा दुई पक्षबीच सामान्य धक्कामुक्की भएपछि विवाद चर्किएको हो । विवाद भएको ठाउँ महतोको निर्वाचन क्षेत्रमा पर्छ । घाट निर्माणका बेला भएको विवाद चर्किंदै गएपछि शनिबारदेखि स्थानीय प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

    जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप

    उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै दुई समुदायबीच पौराणिककाल देखिनै सामाजिक सौहार्दता रहँदै आएकोले वार्ता र सम्वादबाटै समस्या समाधान गर्न आग्रह गरेका छन् ।

    उनले त्यहाँ विवाद उत्पन्न भएपछि स्थानीय प्रशासनसँग नियमित संवादमा रहेको पनि उल्लेख गरेका छन् । उनले दुबै समुहलाई धैर्यता अपनाउन आग्रह गर्दै वार्ता र सम्वादको माध्यमबाटै समाधान खोज्न अनुरोध गरेका छन् ।

    Rajendra-Mahato-e1636881261199.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij