Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

ढुक्क हुनुहोस्, डडेल्धुरामा एयरपोर्ट बन्छ : मन्त्री आले

ढुक्क हुनुहोस्, डडेल्धुरामा एयरपोर्ट बन्छ : मन्त्री आले

  • 551
    SHARES
  • ढुक्क हुनुहोस्, डडेल्धुरामा एयरपोर्ट बन्छ : मन्त्री आले

    डडेल्धुरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले डडेल्धुरामा एयरपोर्ट बन्ने बताएका छन् । डडेल्धुरा सदरमुकाममा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले डडेल्धुरामा एयरपोर्ट बनाउन आफूले बजेट विनियोजन गर्ने बताएका हुन् ।

    उनले डडेल्धुराको अजयमेरू गाउँपालिका-१ पुइलेकमा विमालस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री आलेले मंगलबारदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रवन्धक नलविक्रम थापाको प्राविधिक टोलीले सर्भे गरिरहेको जानकारी गराए ।

    उनले आफू काठमाडौं फर्किएलगत्तै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) का लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने पनि बताए ।

    ईआईएको काम सकिएलगत्तै विमानस्थल निर्माणका लागि जति बजेट चाहिए पनि आफ्नो मन्त्रालयबाट त्यसको व्यवस्थान गर्ने मन्त्री आलेले प्रतिवद्धता व्यक्त गरे ।

    साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यस विमानस्थलको काम छिटोभन्दा छिटो अगाडि बनाउन पनि निर्देशन दिएको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले छिटोभन्दा छिटो काम अघि बढाउनुपर्‍यो भन्नुभएको छ । तपाईंहरू ढुक्क हुनुहोस्, डडेल्धुरामा एयरपोर्ट बन्छ ।’
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij