Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कोरोना ग्राफः १८८ थपिए, ७७ जना निको

कोरोना ग्राफः १८८ थपिए, ७७ जना निको

  • चैत्र १०, २०७७ मंगलवार १६:३९ बजे
  • 609
    SHARES
  • कोरोना ग्राफः १८८ थपिए, ७७ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय  ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा चार हजार ३२ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो । 

    यस अवधिमा ७७ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल कोरोना संक्रिय संक्रमितको संख्या एक हजार १ सय २८ रहेको छ ।

    नेपालमा अहिलेसम्म दुई लाख ७६ हजार २ सय ४४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये दुई लाख ७२ हजार ९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

    कोरोना निको हुने दर ९८.५ प्रतिशत रहेको छ । यसैगरी तीन हजार १९ जनाको कोरोनाले मृत्यु भएको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना अपडेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij