Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

विद्युतीय कार निर्माता कम्पनी टेस्लाको शेयर मूल्यमा गिरावट

विद्युतीय कार निर्माता कम्पनी टेस्लाको शेयर मूल्यमा गिरावट

  • 460
    SHARES
  • विद्युतीय कार निर्माता कम्पनी टेस्लाको शेयर मूल्यमा गिरावट

    न्युयोर्क । विद्युतीय कार निर्माता कम्पनी टेस्लाको शेयर मूल्यमा गिरावट आएको छ ।

    कम्पनीका मालिक एलन मस्कले गरेको एउटा मत सर्वेक्षणमा ट्विटर प्रयोगकर्ताले मस्कले १० प्रतिशत शेयर बिक्री गर्नुपर्ने बताएपछि कम्पनीको शेयर मूल्यमा ४ दशमलब ९ प्रतिशले गिरावट आएको हो ।

    ट्विटरमा भएको एउटा मत सर्वेक्षणका मतदाताहरूले मस्कलाई १० प्रतिशत शेयर बिक्री गरेर कर तिर्न अनुरोध गरेका थिए । मस्कले करिव २१ अर्ब डलर बराबरको शेयर बेच्नुपर्ने हुन सक्छ ।

    मस्कले सञ्चालन गरेको सर्वेक्षणमा ३५ लाख ट्विटर प्रयोगकर्ताले मतदान गरेका थिए । उनीहरुमध्ये ५८ प्रतिशत मतदाता मस्कले शेयर बिक्री गर्नुपर्ने पक्षमा उभिएका थिए । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij