Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

आज म्यानचेस्टर डर्बी, कसले मार्ला बाजी? 

आज म्यानचेस्टर डर्बी, कसले मार्ला बाजी? 

  • कार्तिक २०, २०७८ शनिवार ०९:५३ बजे
  • 455
    SHARES
  • आज म्यानचेस्टर डर्बी, कसले मार्ला बाजी? 

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा राति म्यानचेस्टर डर्बी हुदैछ । म्यानचेस्टर शहरका दुई क्लब युनाइटेड र सिटीबीचको खेल रोमान्चक हुने अपेक्षा गरिएको छ।  युनाइटेडले सिटीलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्नेछ ।

    मंगलबार एटलान्टाविरुद्धको खेलमा चोट बोकेका राफेल भाराने करिब एक महिना मैदान बाहिर रहने भएका छन् । अर्का डिफेडन्र भिक्टोर लिन्डेलोफले समेत सामान्य चोटका कारण डर्बी खेल गुमाउने छन् ।

    मिडफिल्डर पाउल पोग्बा तीन खेलको प्रतिबन्धका कारण सिटीविरुद्धको खेलमा देखिने छैनन् । यता, म्यानचेष्टर सिटीका सेन्टर ब्याक आयमेरिक लापोर्टेले क्रिस्टल प्यालेसविरुद्धको पछिल्लो खेलमा रातो कार्ड खाएका थिए ।

    सिटीसँग केयल वाल्कर हुनेछन्, जो बुधबार च्याम्पियन्स लिगमा क्लब ब्रुगिसविरुद्धको खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।

    घरेलु मैदानमा जित निकाल्दै युनाइटेडलाई तेस्रो स्थानको सिटीसँग अंक बराबरीको अवसर छ । सिटीलाई समेत तीन अंक हात पार्दै दोस्रो स्थानमा उक्लिएर शीर्ष स्थानको चेल्सीमाथि दबाब बढाउने अवसर छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij