Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

चाडपर्वले समाजलाई सहअस्तित्वको बाटोमा अघि बढाउन अभिप्रेरित गरोस् : अध्यक्ष नेपाल

चाडपर्वले समाजलाई सहअस्तित्वको बाटोमा अघि बढाउन अभिप्रेरित गरोस् : अध्यक्ष नेपाल

  • 485
    SHARES
  • चाडपर्वले समाजलाई सहअस्तित्वको बाटोमा अघि बढाउन अभिप्रेरित गरोस् : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तिहार र  नेपाल संवत् जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।  तिहार र नेपाल संवत्को उपलक्ष्यमा  शुभकामना व्यक्त गर्दै नेता नेपालले चाडपर्वले आपसी सम्मानभावका लागि अनुपम सन्देश दिएको बताएका छन् ।

    पूर्वप्रधानमन्त्री नेपालले तिहार र नेपाल संवत्ले खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्दै एकआपसको सम्मान एवं एकतामा जोड दिएको उल्लेख गरेका छन् । यी चाडपर्वले समाजलाई सहअस्तित्वसहितको असल बाटोमा अघि बढाउन हामी सबैलाई अभिप्रेरित गरोस् भन्दै अध्यक्ष नेपालले सबैमा शुभकामना व्यक्त गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij