Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कोन्टेको पहिलो खेलमा टोटनहम विजयी 

कोन्टेको पहिलो खेलमा टोटनहम विजयी 

  • कार्तिक १९, २०७८ शुक्रवार ०९:०२ बजे
  • 519
    SHARES
  • कोन्टेको पहिलो खेलमा टोटनहम विजयी 

    काठमाडौं। टोटेनहम हट्सपरले यूईएफए कन्फरेन्स लिगको खेलमा डच क्लब भिटेसलाई पराजित गरेको छ । इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेले जिम्मेवारी सम्हालेको पहिलो खेलमा टोटनहमले  घरेलु मैदानमा स्पर्सले ३–२ गोलको जित निकाले हो।

    खेलको १४ औं मिनेटमा ह्युङ मिन सनले अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि नै लुकास मोउराले गोल गर्दै अग्रता दोब्बर पारे । २८ औं मिनेटमा ज्याकब रास्मसेनले आत्मघाती गोल गरेपछि टोटेनहम ३–० ले अघि बढेको थियो ।

    रास्मसेनले ३२ औं मिनेटमा हेडरमार्फत गोल गर्दै पाहुना टोली खेलमा फर्कने संकेत देखाए । ३९ औं मिनेटमा माटस बेरोले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । दोस्रो हाफको ५९ औं मिनेटमा स्पर्सका अर्जेन्टिनी डिफेन्डर क्रिस्टियन रोमेरोले रातो कार्ड खाएपछि टोली दबाबमा परेको थियो । खेलको अन्त्यतिर भिटेसका दुई खेलाडी पनि रातो कार्ड खाँदै बाहिरिएका थिए। 

  • सम्बन्धित विषय:

  • # टोटनहम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij