Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, नयाँ सरकार गठनको तयारीमा विपक्षी दल 

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, नयाँ सरकार गठनको तयारीमा विपक्षी दल 

  • कार्तिक १५, २०७८ सोमवार ०८:५० बजे
  • 394
    SHARES
  • मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, नयाँ सरकार गठनको तयारीमा विपक्षी दल 

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदैछन्। आज बस्ने प्रदेशसभाको बैठकमा आचार्यले विश्वासको मत लिन लागेका हुन्।  साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ ।

    अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले गठबन्धन एक ढिक्का भए विश्वासको मत पाउदैनन् । ९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् ।

    गठबन्धनले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने तयारी गरेको छ।  मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना नरहेकाले गठबन्धनले राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने आइतबार नै निर्णय गरिसकेको छ ।

    आचार्यले विश्वासको मत नपाए वा राजीनामा दिएको अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आहृवान गर्नेछन् ।  नयाँ सरकार गठनका लागि दाबी गर्न आजै ५० जना सांसदको हस्ताक्षर संकलन गर्ने गठबन्धनको तयारी छ ।

    विश्वासको मत नपाउने अवस्था आएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने सम्भावना समेत छ।  प्रदेश १ मा ९२ सांसद सासद छन् ।  एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१,  माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादी का १०, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । एक सिट रहेको राप्रपा मौन छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij