Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नेपाल एयरलाइन्सले अछाम–धनगढी हवाइ भाडा एक हजारले घटायो

नेपाल एयरलाइन्सले अछाम–धनगढी हवाइ भाडा एक हजारले घटायो

  • कार्तिक १५, २०७८ सोमवार ०७:३८ बजे
  • 699
    SHARES
  • नेपाल एयरलाइन्सले अछाम–धनगढी हवाइ भाडा एक हजारले घटायो

    अछाम । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ ।

    निगमले अछाम–धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएको हो । अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी–अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए । यसअघि अछाम–धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ थियो । नयाँ भाडादर आज सोमबारबाट लागू हुनेछ । 

    समिट एयरको भाडादर भने पूरानै अर्थात् ३ हजार ५ सय ५० रुपैयाँ कायम रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij