Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

शाहरुखका छोरा आर्यनले जमानत पाएको रात जेलमै गुजारे 

शाहरुखका छोरा आर्यनले जमानत पाएको रात जेलमै गुजारे 

  • 541
    SHARES
  • शाहरुखका छोरा आर्यनले जमानत पाएको रात जेलमै गुजारे 

    नयाँ दिल्ली । मुम्बई उच्च अदालतबाट जमानत पाए पनि कागजी प्रक्रिया नटुंगिदा शाहरुख खानका छोरा आर्यनले शुक्रबारको रात जेलमै बिताउनु पर्यो ।

    अदालतबाट भएको जमानतको फैसला जेलका अधिकारीहरुसम्म समयमै नपुग्दा आर्यनले जमानत पाएको रात पनि जेलमै गुजार्नु परेको हो । उनी मुम्बईको आर्थर रोड जेलमा छन् । 

    आर्यन शनिबार बिहान १० बजेसम्म जेलबाट छुट्ने बताइएको छ । जेलमा बिहानै अदालतको फैसला पुग्ने र कागजी प्रक्रिया सकेर १० बजेसम्म आर्यन आफ्नो निवास ‘मन्नत’ पुग्ने भारतीय संचारमाध्यमले जनाएका छन् । 

    क्रुज ड्रग्स मुद्दामा पक्राउ परेको आर्यन पछिल्लो २७ दिनदेखि थुनामा छन् । उनको जमानतको माग तल्लो कोर्टले अस्किारका गरेको थियो । भारतमा चर्चित बनेको यो मुद्दामा शुक्रबार मुम्बई उच्च अदालतले आर्यनले जमानत पाउने फैसला गरेको हो ।

    जमानतको फैसला हुने वित्तिकै आर्यनलाई घर ल्याउन शाहरुख खानले निकै मेहनत गरेका थिए । शाहरुख आफैं आर्यनलाई लिन जेल पुगेको भनिए पनि कागजी प्रक्रियाले गर्दा शनिबार मात्र उनी छुट्ने भएका हाु् । 

    नारकोटिक्स कन्ट्रोल ब्यूरोले मुम्बईबाट गोवा गइरहेको क्रुज ड्रग्स पार्टीमा संलग्न रहेको आरोपमा ३ अक्टोबरमा आर्यनलाई पक्राउ गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij