Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रदेश १ :  मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने

प्रदेश १ :  मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने

  • कार्तिक ५, २०७८ शुक्रवार ०९:४१ बजे
  • 379
    SHARES
  • प्रदेश १ :  मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने

    विराटनगर । प्रदेश १ सभाको नवौं तथा हिउँदे अधिवेशनको तेश्रो बैठक शुक्रबार बस्दैछ। शुक्रबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले  विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्। विश्वासको मत लिनका लागि असोज २५ गते मुख्यमन्त्री आचार्यले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली समक्ष सूचना दिएका थिए। 

    मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भए ३० दिन भित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्ने संवैधानिक व्यवस्था छ। नेकपा एमालेका १० सांसद एकिकृत समाजवादीमा गएको सूचना निर्वाचन आयोगले भदौ २५ गते प्रदेशसभामा दिएको थियो। 

    मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट जसरी पनि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण शुक्रबार दिउँसो १ बजे बोलाईएको प्रदेशसभा बैठकमा प्रस्ताव पेश गर्ने प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन वन तथा वातारण मन्त्री लछुमन तिवारीले बताए। 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले मुख्यमन्त्री आचार्यले संविधानको उल्लंघन गरेको आरोप लगाए। प्रदेशसभा बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्रीले प्रस्ताव राखेपछि सबै सांसद मिलेर विफल बनाईने उनले बताए। 

    मुख्यमन्त्री आचार्यलाई विश्वासको मत लिनका लागि ४६ सांसद आवश्यक हुन्छ। ९२ सदस्यीय प्रदेशसभामा सत्तारुढ एमालेका ४१ जना मात्र सांसद छन्। प्रदेशसभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकिकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij