Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

७ दिनदेखि हराइरहेका व्यक्तिको शव फेला

७ दिनदेखि हराइरहेका व्यक्तिको शव फेला

  • 522
    SHARES
  • ७ दिनदेखि हराइरहेका व्यक्तिको शव फेला

    बैतडी । बैतडीमा एक व्यक्तिको शव फेला परेको छ । जिल्लाको सुर्नया ५ कक्स्यालिमा ७ दिनदेखि हराइरहेका ध्वजबहादुर विष्टको शव फेला परेको हो ।

    घोडधौनीस्थित आफ्ना दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेका ४७ वर्षीय बिष्ट ७ दिनदेखि सम्पर्कविहीन भएका थिए ।  खोजी गर्ने क्रममा आज शव सडेको अवस्थामा कक्स्यालिकै भिरमा फेला परेको रोलेश्वर प्रहरी चौकीका इन्चार्ज भुवन चन्दले बताए ।

    मृतक विष्टका दुई श्रीमती र तीनवटा छोरा छन् । घटना के कारणले भएको भन्ने एकीन भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि डडेल्धुरा पठाएको प्रहरी सहायक निरीक्षक चन्दले बताए ।

  • सम्बन्धित विषय:

  • # शव फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij