Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

खानेपानी कार्यालय जनकपुरका प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए

खानेपानी कार्यालय जनकपुरका प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए

  • 1.1K
    SHARES
  • खानेपानी कार्यालय जनकपुरका प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए

    जनकपुर । खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहमाथि सिके राउत नेतृत्वकाे जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । कुशवाहलाई नियन्त्रणमा लिएर कार्यकर्ताहरुले अर्धनग्न बनाई बजार परिक्रममा गरेका छन् ।

    सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आएको आरोप छ । सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उनीमाथि दुर्व्यवहार गरेका हुन् ।

    यसैबीच दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका कार्यकर्ता  विजयकुमार यादवसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका कार्यकर्तालाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी नरा जुलुस भइरहेको छ । 

    जनमत पार्टीका कार्यकर्ताले भने यसअघि जनकपुर उपमहानगरपालिका र खानेपानी कार्यालयलाई ज्ञापनपत्र बुझाइएकाे, नटेरेपछि तालाबन्दी गरिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलाई पनि ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता गरेपछि आजको घटना भएको जनाएको छ । 

    भ्रष्टाचार रोकथामका लागि बारम्बार गरिएको आग्रह र प्रयासका बाबजुद भ्रष्टाचारमा मग्न हुँदाको परिणाम भन्दै उक्त घटनाको पार्टीले बचाउ गरेको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij