Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कोरोना ग्राफः १२५ थपिए, १२३ जना निको

कोरोना ग्राफः १२५ थपिए, १२३ जना निको

  • चैत्र ६, २०७७ शुक्रवार १६:१९ बजे
  • 604
    SHARES
  • कोरोना ग्राफः १२५ थपिए, १२३ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा तीन हजार एक सय ६१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

    यस अवधिमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । यस अवधिमा एक सय २३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

    हाल कोरोना संक्रिय संक्रमितको संख्या एक हजार एक रहेको छ । नेपालमा अहिलेसम्म दुई लाख ७५ हजार ७ सय ५० जनामा कोरोना पुष्टि भएको छ ।

    जसमध्ये दुई लाख ७१ हजार ७ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना निको हुने दर ९८.५ प्रतिशत रहेको छ । यसैगरी तीन हजार १६ जनाको कोरोनाले मृत्यु भएको छ ।  

  • सम्बन्धित विषय:

  • # काेराेना अपडेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij