काठमाडौं । नेकपा एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले शनिबार काठमाडौंमा युवा संघको भेला गर्ने भएको छ ।
शुक्रबार कालिमाटीमा एमालेको अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाएको खनाल-नेपाल पक्षले शनिबार युवा संघको भेला गर्ने भएको हो ।
चैत चार र पाँचमा सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित दुई दिने राष्ट्रिय कार्यकर्ता भेलालगत्तै खनाल-नेपाल पक्षले आज महिला भेला आयोजना गरेको हो ।
महिला भेला सम्पन्न गरेर खनाल-नेपाल पक्षले शनिबार काठमाडौंमा युवा संघको भेला गर्ने भएको हो ।
राष्ट्रिय कार्यकर्ता भेला समापन कार्यक्रममा यो पक्षले देशभर एमालेको समानान्तर संगठन विस्तार र कार्यकर्ता प्रशीक्षणलाई अगाडि बढाइने बताएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij